कोसी सरकार कायमै रहने, दीर्घकालीन असर गर्ने निर्णय गर्न नपाउने

कोसी सरकार कायमै रहने, दीर्घकालीन असर गर्ने निर्णय गर्न नपाउने

731

काठमाडौँ, २७ असार । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी भएपनि अहिलेको सरकार कायमै रहने छ । तर, दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न रोक लगाइएको छ ।

आदेशमा भनिएको छ, “अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेस गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।”

तपाईको बिचार