काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् ।
६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।
तपाईको बिचार