काठमाडौँ, २६ असार । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौँ ल्याइएको छ ।
शवलाई पोष्टमाटर्मको लागि काठमाडौँ ल्याइएको हेलिटुर सेवा प्रदायक कम्पनी एभेरेष्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताए ।
उनीहरूको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । सोही कम्पनीमार्फत उनीहरु ‘माउन्टेन फ्लाइट’मा गएका थिए । आज बिहान मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके ५ लामजुरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँचजना मेक्सिकन नागरिक गरी सवार ५ जनाकै मृत्यु भएको थियो ।
तपाईको बिचार