प्रधानमन्त्रीले सदनमा स्पष्टीकरण दिने

प्रधानमन्त्रीले सदनमा स्पष्टीकरण दिने

701

काठमाडौँ, २५ असार । संसद्को अवरोध हटाउन प्रतिपक्षी नेकपा (एमाले) तयार भएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली सदन खुलाउन सहमत भएका हुन् ।

बैठकपछि एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्रीले दिएको जवाफको आधारमा सदन चल्न दिने÷नदिने निर्णय लिने विषयमा छलफल भएको एक सांसदले बताए । “प्रधानमन्त्रीले अभिव्यक्तिमा गल्ती भएको भन्दै सच्याउने बताउनु भएको छ । आजको स्पष्टीकरणपछि सदन चल्छ,” ती सांसदले भने ।

दिउँसो ३ बजे बैठकमा प्रधानमन्त्रीले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिने तयारी गरेका छन् ।

तपाईको बिचार