सवारी दुर्घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी छः अध्यक्ष ओली

सवारी दुर्घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी छः अध्यक्ष ओली

777

काठमाडौँ, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सवारी दुर्घटनाको अवस्था बढ्नु दुःखद् भएको भन्दै दुर्घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी रहेको बताउनुभएको छ ।

पछिल्लो तीन महिनामा नेपालमा प्रतिदिन छ जनाका दरले ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले दुर्घटनाका मुख्य कारण सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियम तथा सवारी साधनको स्थिती रहेको औंल्याउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ । दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

तपाईको बिचार