महोत्तरीमा गोली चल्यो

महोत्तरीमा गोली चल्यो

743

जनकपुरधाम, २० असार । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय  ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् । मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको हो । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ । त्यसअघि उनलाई रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि जनकपुर ल्याइएको हो ।

गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर