२० हजार भाइल एचपीभी खोप आइपुग्यो

२० हजार भाइल एचपीभी खोप आइपुग्यो

769
Fake HPV vaccine vial holding in hand

काठमाडौँ, १८ असार । पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको हो ।

‘२० हजार भाइल एचपीभी खोप आज नेपाल आइपुगेको छ । सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने छ,’ डा. चौरासियाले भने, ‘अहिले पाइलट प्रोजेटको रूपमा लगाउने हो । कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल चलिरहेको छ ।’

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर