लागुऔषधसहित दुई जना युवती पक्राउ

लागुऔषधसहित दुई जना युवती पक्राउ

783

झापा, १९ असार । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षीया सन्ध्या राईलाई पक्राउ गरेको हो ।

 झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर