ललितपुर । भ्याली फुटसल च्याम्पियनसिप अन्तर्गत गोदावरी नगरपालिका छनोट प्रतियोगितामा गोदावरी नगरपालिका वडा नं. ११ विजयी भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगर किमिटीको आयोजनामा संघको ललितपुर जिल्ला सचिवालय सदस्य प्रह्लाद सिलवालको संयोजनमा आज भएको छनोट प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए । जस्मा वडा नं. ११ ले वडा नं ३ लाइ ट्राइबेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै गोदावरी नगरबाट छनोट हुन सफल भएको हो ।
खेलको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबेले एक कार्यक्रम बिच गर्नुभएको थियो । उद्घाटनको क्रममा नेता र युवा बिच मैत्री पुर्ण खेल समेत आयोजना गरिएको थियो । कार्यक्रममा पूर्व प्रतिनिधि सभा सांसद नवराज सिलवाल, पुर्व प्रदेश सभा सांसद चेतनाथ सञ्जेल, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी १५ वटै टिमका १५० जना खेलाडीहरुले राष्ट्रिय युवा संघ नेपालको सदस्यता लिएका थिए ।
प्रतियोगिता अन्तर्गत आजै कोञ्ज्योसोम गाउपालिकाको समेत छनोट खेल सम्पन्न भएको छ । खेलको फाइनलमा कोञ्ज्योसोम वडा नं. ४ नल्लुले वडा नं २ शंखुलाइ ३-० गोल अन्तरले पराजित गरि छनोट भएको छ ।
प्रतियोगिताको छुट्टा छुट्टै खेलबाट बिजयी दुबै पालिकामा टिमका खेलाडीहरुलाइ संघका केन्द्रिय उपाध्यक्ष सिता सुवेदी, संघका केन्द्रिय सचिवालय सदस्य एवम् ललितपुर जिल्ला अध्यक्ष चिन लामाले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
१४ गते मदन भण्डारी जन्मोत्सवको अवसरमा शुरु भएको कार्यक्रम २३ गते सम्पन्न हुने संघका ललितपुरका अध्यक्ष चिन लामाले बताए । उत्यकाका तीनवटै जिल्लाको सवै स्थानीय तहका वडादेखी छनोट गरी एक पालिका एक विजेता छनोट हुनेछन् । प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहने र विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०/१० हजार दिइनेछ । २२ गतेसम्ममा ललितपुर जिल्ला भरिका सम्पुर्ण पालिकाहरुको छनोट चरणको खेल सम्पन्न भइ २३ गते हुने उपत्यका ब्यापी खेलमा सहभागी हुने अध्यक्ष लामाले बताए ।
तपाईको बिचार