कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

235

काठमाडौँ, १८ असार । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी बनेको हो ।

बैठकमा सहभागी एक नेताले भने, ‘सत्ता साझेदार दलको बैठक बस्यो । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भयो’ ‘आ–आफ्नो पार्टीको संसदीय दलको बैठकले निर्णय गरेर कांग्रेस नेता थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने छन् ।’

तपाईको बिचार