रास्वपाले बनायो विपदमा खटिन द्रुत टोली

रास्वपाले बनायो विपदमा खटिन द्रुत टोली

141

काठमाडौँ, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ ।

रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो।

केन्द्रीय द्रुत कार्य समूहमातहत रहने तथा ७ देखि ३३ जना पार्टी सदस्य खटिनेगरी समूह बनाइएको छ । केन्द्रीय द्रुत कार्य विभागमा विष्णुपुकार श्रेष्ठ (विष्णु पुरूष) छन् ।

विपद्पछि उद्धार, खोज र राहतमा नागरिक तथा सरकारलाई सघाउ पुर्‍याउन यस्तो समूह बनाइएको र यो विशुद्ध सामाजिक हुने रास्पाले बताएको छ । केन्द्रमा तिमल्सेना संयोजक चयन भएका छन् । त्यस्तै उपसंयोजकमा प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल र कोषाध्यक्ष कृष्णबहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरूमा रामकृष्ण श्रेष्ठ, महमद हुसेन खान, चिरञ्जिवी तिमल्सिना, रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, दिपा केसी बास्तोला, मिलनचन्द्र महत छन् ।

तपाईको बिचार

सम्बन्धित खबर