मिटरब्याजी प्रकरणमा दलका ठुला नेता संलग्न छन् : प्रमुख सचेतक गिरी

मिटरब्याजी प्रकरणमा दलका ठुला नेता संलग्न छन् : प्रमुख सचेतक गिरी

531

काठमाडौँ, १७ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठुला नेताहरू भएको बताए । उनले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेका पनि बताए । मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने बताए ।

उनले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्क्याउनका लागि ल्याएको बताए ।

तपाईको बिचार