बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह

बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह

185

काठमाडौँ, १७ असार । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकबाट ऋण पाउने अवस्थाको अन्त्य हुनेगरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको बताए ।

उनले भने, “देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गर्‍यो ? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ । गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन ? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश पारिएको छ ।”

तपाईको बिचार