दुई करोड किलो कोदो आयात

दुई करोड किलो कोदो आयात

1287

काठमाडौँ, १७ असार । विदेशबाट चालु आर्थिक वर्षको १० महिनामा ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको छ  ।

भन्सार विभागका अनुसार गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहरिएको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हुन्छ ।

यो अंग्रेजी वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदो वर्षको रूपमा मनाइरहेको छ । नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम भइरहेका छन । साथै, चालु आर्थिक वर्ष २०७९/८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारले यसअघि निर्णय गरेको छ ।

तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ ।

तपाईको बिचार