महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता

महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता

855

दार्चुला, १७ असार । दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक  पुरुष बेपत्ता भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिवार साँझ ४ बजे अन्दाजी ३४ /३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको हो ।

नदीमा हाम फालेर  बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि  अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । पुरुष हाम फालेको ठाउँमा चप्पल  मात्रै  फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।

तपाईको बिचार