बर्दिया, १६ असार । ज्यान मार्ने उद्योगमा गत असार ८ गतेदेखि अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको हिरासतमा रही हिजो फरार भएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले फरार भएका अजय नेपाली र राजा नेपालीलाई पक्राउ गरेको हो ।
बेलझुण्डि सामुदायिक वन र डाँफे सामुदायिक वनबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको छ ।
तपाईको बिचार