सिन्धुली, १५ असार । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक विङ्गर गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी आज बिहान १० बजेर ४० मिनेट जाँदा आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो । सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएका र उनीहरु सबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–१ की १८ वर्षीया शोभा घिमिरे, कमलामाई नगरपालिका–२ की १९ वर्षीया सन्ध्या घिमिरे, सिन्धुलीको गोलन्जर गाउँपालिका–४ का ६५ वर्षीय तेजबहादुर बस्याल, गोलन्जर–१ का २१ वर्षीय रामधोज पाख्रिन, मोरङको विराटनगर महानगरपालिका–१२ का ३२ वर्षीय सत्य प्रकाश ठाकुर, महोत्तरीको गौशाला नगरपालिका–४ का ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौंका ३८ वर्षीय महेश डंगोल छन् ।
तपाईको बिचार