जीप दुर्घटना हुँदा सात जना घाइते

जीप दुर्घटना हुँदा सात जना घाइते

969

धनगढी, १४ असार । बाजुरामा जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

जीपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् भने बाँकि ३ जना सकुशल छन् ।

तपाईको बिचार

सम्बन्धित खबर