आज मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

आज मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

159

काठमाडौँ, १४ असार । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर