रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट संवैधानिक इजलासबाट खारेज

रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट संवैधानिक इजलासबाट खारेज

173

काठमाडौँ, १३ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेका छ ।

उनको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो । युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर