प्रधानमन्त्रीले लिए भेरी बबई र सुनकोसी मरिन डाइभर्सनबारे जानकारी

प्रधानमन्त्रीले लिए भेरी बबई र सुनकोसी मरिन डाइभर्सनबारे जानकारी

191

काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेरी–बबई डाइभर्सन आयोजना र सुनकोसी– मरिन डाइभर्सन आयोजनाको जानकारी लिएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट जुम मिटिङमार्फत प्रधानमन्त्रीले आयोजनाका विषयमा अवलोकन गरेका हुन् ।

उनले ती दुई आयोजनाको प्रगति विवरणको समेत जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले बताए । अवलाेकनका क्रममा प्रधानमन्त्री प्रचण्डसहित उर्जा मन्त्री शक्तिबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्याललगायत सहभागी भएका थिए ।

तपाईको बिचार