३० दिनभित्र सहकारी संस्थाहरूलाई विवरण बुझाउन महानगरको आग्रह

३० दिनभित्र सहकारी संस्थाहरूलाई विवरण बुझाउन महानगरको आग्रह

159

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाहरूलाई आफ्नो विवरण उपलब्ध गराउने आग्रह गरेको छ ।

महानगर अन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो । केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए वमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ ।

“सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौँ महानगरपालिका सहकारीले सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ,” सूचनामा उल्लेख छ, “अन्यथा कानुन बमोजिम कारबाही गरिनेछ ।”

तपाईको बिचार