छोराद्वारा आमाको हत्या

छोराद्वारा आमाको हत्या

172

बुटवल, १३ असार ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको हो । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको हो ।

हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो ।  हत्यापछि कुमार भागेर रुपन्देही आएको अवस्थामा  पक्राउ परेका हुन् ।  रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको  प्रहरीले जनाएको  छ ।

तपाईको बिचार