अदालतको अवहेलना मुद्दामा मेयर शाहसँग लिखित जवाफ माग

अदालतको अवहेलना मुद्दामा मेयर शाहसँग लिखित जवाफ माग

173

काठमाडौँ, १२ असार । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा मङ्गलवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले मेयर शाहसँग लिखित जवाफ मागेको हो ।

गएको असार ७ गते उच्च अदालत पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाण्डौका मेयर शाहले सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।

तपाईको बिचार