बलात्कारको आरोपमा एक किशोर पक्राउ

बलात्कारको आरोपमा एक किशोर पक्राउ

133

काठमाडौँ, ११ असार । मोरङमा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–१ मा डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको बिचार