७ सय बढी स्थानीय तहले ल्याए बजेट

७ सय बढी स्थानीय तहले ल्याए बजेट

219

काठमाडौँ, ११ असार । देशभरका ७ सयभन्दा बढी स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमसहित आइतबार बजेट सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममाथि दुई, तीन अघिदेखि छलफल शुरू गरेका स्थानीय तहले पनि हिजो नै बजेट सार्वजनिक गरेका हुन् । सम्बन्धित स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष नीति तथा कार्यक्रम वाचन गरेका थिए । अधिकांश पूर्वाधार, वातावरणदेखि सरसफाइ र नगर र वडास्तरीय गौरव योजनालाई समेटिएको छ ।

स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट असार १० गतेभित्रमा कार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईको बिचार