उपराष्ट्रपति पद आवश्यक छैन : सांसद झा

उपराष्ट्रपति पद आवश्यक छैन : सांसद झा

207

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन् ।

उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने उनको भनाइ छ । ‘…यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ?’ उनले प्रश्न गर्दै भने, ‘त्यसैले हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ ।’

तपाईको बिचार