नेपाली क्रिकेट टीमलाई अध्यक्ष ओलीले भने : 'निराश हुनु हुँदैन'

नेपाली क्रिकेट टीमलाई अध्यक्ष ओलीले भने : ‘निराश हुनु हुँदैन’

276

काठमाडौँ, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोट प्रतियोगितामा नेपाली खेलाडीले मेहनत गरेर खेल्दा पनि नतिजा आफ्नो हातमा पार्न नसकेको बताएका छन् ।

विम्वाबेमा हिजो नेदरल्याण्डसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने यात्रामा पूर्णविराम लागेको छ । सोही प्रशंगमा अध्यक्ष ओलीले आफ्नो पक्षमा नआएपनि निरास नहुन आग्रह गरे । उनले नेपाली टीम नेपाल फेर्केपछि सँगै खानेखाने गरी भेट्ने समेत बताए ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘यात्रा जारी छ । हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरें । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु । कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम १ नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

तपाईको बिचार