ललितपुरमा लाखौँको गहना र नगद चोरी

ललितपुरमा लाखौँको गहना र नगद चोरी

177

ललितपुर, ९ असार । ललितपुरमा लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका-४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर