रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : सभापति लामिछाने

रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : सभापति लामिछाने

203

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताउनुभयो । सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गर्नुभयो ।

उहाँले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गर्नुभयो । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उहाँले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

तपाईको बिचार