काठमाडौँ, ९ असार । हिमालय एअरलाइन्सले काठमाडौँ र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ ।
नयाँ सेवाले बेइजिङ र काठमाडौँ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ । काठमाडौँ–बेइजिङ–काठमाडौँ रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएकोछ । चीनका लागि नेपाली राजदूत, विष्णु पुकार श्रेष्ठ, दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एअरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गर्नुभयो । उहाँको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फगहिरो ध्यानाकर्षणको प्रतीक पनि हो । यात्रुहरूले हिमालय एअरलाइन्समा हिमालयन आतिथ्यताको अनुभव गर्दै यस रुटमा यात्रा गर्न सक्नेछन् ।
एअरलाइन्स्को पहिलोउडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङअन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ ।साथैबेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानिय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौँमा अवतरण हुने छ ।
काठमाडौँ–बेइजिङ–काठमाडौँ रुटद्वारा एअरलाइन्स्ले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । “काठमाडौँ र बेइजिङबीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौं । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्वपूर्र्ण रहेका छ ।”, एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयोे । यसनयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ ।” उहाँले थप्नुभयोे ।
तपाईको बिचार