आईसीसी विश्वकप छनोटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आईसीसी विश्वकप छनोटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

163

काठमाडौँ, ९ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।

खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।

हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । यसैगरी समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अङ्क तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ ।

तपाईको बिचार