काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास बोर्ड सार्वजनिक खर्चको चापका कारण खारेज गरिएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा अमितलाल राजवंशीको प्रश्नको जवाफ दिँदै उनले भने, “राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्षेत्र मन्त्रालय एवं विभागबाट भइरहेको कार्य समानान्तर प्रकृतिको देखिएको हुँदा दोहोरोपनसमेत देखिएको र यसलाई खारेज गर्दै यसको नियामक र प्रवर्धको कार्य मन्त्रालयबाट हुने व्यवस्था मिलाइन्छ,” ।
तपाईको बिचार