बाढीपीडितलाई कोशी प्रदेश सरकारले पठायो राहत

बाढीपीडितलाई कोशी प्रदेश सरकारले पठायो राहत

202
af9Ln] aufof] k’n kfFry/, # c;f/ M clj/n jiff{;Fu} cfPsf] af9Ln] aufPsf] d]rL /fhdfu{cGtu{t x]jf vf]nfsf] k’n . af9Ln] k’n aufPkl5 /fhdfu{ k”0f{?kdf 7Kk ePsf] 5 . tl:a/ M /jLG› sfˆn]÷/f;;

विराटनगर, ८ असार । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरामा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक रु एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भत्रे सञ्जोग लिम्बू र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो ।  सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक रु एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी, बिहीबार नै बाढी पहिरामा परी क्षतिग्रस्त भएका सङ्खुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहतस्वरूप रु सात लाख ७० हजार पठाइएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रतिघर रु ५० हजारका दरले र आंशिक क्षति भएका चारवटा घर पुनः निर्माणका लागि रु ३० हजारका दरले राहत रकम पठाइएको हो ।

सो रकम पनि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको कुरा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । रासस

तपाईको बिचार