'सामाजिक सुरक्षा संयन्त्र र तथ्याङ्कलाई आधार'

‘सामाजिक सुरक्षा संयन्त्र र तथ्याङ्कलाई आधार’

798

काठमाडौँ, ७ असार । विपतपछि गरिने उद्धार तथा राहत वितरण कार्यमा सामाजिक सुरक्षा संयन्त्र र तथ्याङ्कलाई आधार मानेर उद्धार तथा राहतको कार्यक्रम बनाए प्रभावित नागरिक राहतबाट बञ्चित हुने सम्भावना न्युन हुने बताइएको छ ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, सेभ द चिल्ड्रेन र प्रतिवद्वलगायतका सङ्घ सस्थाद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरूले मनुसुनमा आउने बाढी, पहिरो र लगायत आगलागी, भुकम्पका घटना भइहाले नागरिक संयन्त्र र सामाजिक सुरक्षा भत्ता(सेवा) पाईरहेका नागरिकको घर धुरीको तथ्याङ्कलाई स्थानीय तहले प्रयोग गरेर राहत तथा उद्धारको कार्यक्रम बनाएमा नागरिकको जिउधनको सुरक्षा, राहत, उद्धारका कामलाई व्यवस्थित बनाउन सहयोग पुग्ने जनाएका हुन् ।

सेभ द चिल्ड्रेनका व्यवस्थापक हेमन्त दङ्गालले कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारले ज्येष्ठ नागरिक, एकल महिला, क, ख वर्गका अपाङ्गता भएका व्यक्ति र देशभरका दलित समुदायका बालबालिका, दुर्गम, विकट २५ जिल्लाका बालबालिकालाई बालपोषण भत्ता प्रदान गरेकोले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने घरधुरी करिब ८० प्रतिसत हुन आउने बताउनुभयो ।

उहाँले भन्नुभयो,“मनसुनमा आउने बाढी, पहिरो, आगलागी नेपालमा धेरै दोहोरिने विपत् हुन् तर विपत् आउनुभन्दा अगाडिको हाम्रो तयारी फितलो हुने भएकोले धेरै नागरिकको धन र ज्यानको क्षति हुँदै आएको छ । विपत्को पूर्वतयारीका लागि स्थानीय तहले आफ्नो क्षेत्रका नागरिकको तथ्याङ्क सामाजिक सुरक्षा भत्ता वितरण गरेको आधारमा एकल,महिला, ज्येष्ठ नागरिक र बालबालिका कति छन् भन्ने जानकारी राखेर आवश्यक तयारी गर्न सकिन्छ ।”

कार्यक्रममा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले विपत्मा नागरिकको जिउ÷धन जोगाउनु राज्यको दायित्व हो भन्दै विपत्को घटना हुनुभन्दा पहिले पूर्वतयारीका कार्यक्रम बनाउन र देशव्यापी सचेतना फैलाउने कामलाई पनि सञ्जालले प्राथमिकतामा राखेको बताउनुभयो ।

सेभ द चिल्ड्रेनका संयोजक रविन दाहालले नेपालमा हुने प्रमुख विपत्का घटनाहरूबारे जानकारी दिंदै विगत १५ वर्षको अवधिमा नेपालले झेलेको विपत्मध्ये सबैभन्दा धेरै बाढी, पहिरो, आगलागी, भुकम्प, टोर्नेडो र पछिल्लो समय कोभिड–१९ महामारीका कारण धेरै प्रभावित बनाएको बताउनुभयो ।

उहाँले करिब सय दिन अनुमान गरिएको मनसुनपछि असोज÷कात्तिक महिनामा समेत बाढी पहिरोको समस्या हुन थालेको यसमध्ये हरेक मनसुनको समयमा बाढी ÷पहिरो र सुख्खा मौसममा आगलागीको घटना धेरै दोहोरिने जोखिममध्येका प्रमुख भन्दै विपत्बाट बच्न र बचाउन पूर्वतयारीका कार्यक्रममा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर