काठमाडौँ, ७ असार । हालै सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० मा गाई भैसी तथा चौरी विद्या तर्फबाट ‘सर्वोत्कृष्ट एग्रिकल्चर अवार्ड’ चितवनको भण्डारास्थित ‘दनाई गाई पालन ब्यवसायी फार्म’ले प्राप्त गरेको छ ।
०७२ सालमा स्थापित फार्ममा करिब २०० वटा गाई छन् भने ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । करिब १२ बिगाह जमिनमा फैलिएको फार्ममा उन्नत जातका गाईका लागि घाँसको समेत प्रबन्ध गरिएको प्रवन्ध निर्देशक उमेश दनाईले बताउनु भयो छ ।
दैनिक ५५० लिटर दुध उत्पादन हुने सो फार्मबाट वार्षिक झण्डै एक करोडको आम्दानी हुने गरेको फार्मका सञ्चालकमध्येका नेत्रमणी दनाईले बताए । यो फार्म दाजुभाइ नेत्रमणी दनाई र निलकान्त दनाईले सञ्चालन गर्दै आएका हुन् ।
कृषि उद्यममार्फत राम्रो आयआर्जन गर्न सक्ने सम्भावनालाई दनाई गाई पालन ब्यवसायी फार्मले प्रमाणित गरेको छ । नेपालमा हालै सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डपछि क्यानडाको नागराफल्समा आगामी अक्टोवर ११ तारिखमा सम्पन्न हुन गइरहेको चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०२३ मा समेत यो फार्म छनोट भएको छ ।
बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकाश मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रमको कृषि तथा पशुपन्छी विकाशमन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शिखर नेपालका अध्यक्ष शेखर खनालले गरेका थिए ।
तपाईको बिचार