काठमाडौँ, ७ असार । पछिल्लो २४ घण्टामा ६४० जनामा कोरोना परीक्षण गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ४१९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको बिचार