काठमाडौँ, ७ असार । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले मुद्दा फिर्ता गरेपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेको सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमाथि अन्तरिम आदेश दिँदै फिर्ता गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन् ।
सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
तपाईको बिचार