बाबुरामलाई एक्लै हिँड्ने बानी परेकाले मोर्चामा आएनन् : अध्यक्ष यादव

बाबुरामलाई एक्लै हिँड्ने बानी परेकाले मोर्चामा आएनन् : अध्यक्ष यादव

125

काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको बताएका छन् ।

aआज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले सोही कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको बताए ।

समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे । मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गरे । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिए ।

तपाईको बिचार