इनारभित्र एक पुरुषको शव फेला

इनारभित्र एक पुरुषको शव फेला

191

जनकपुरधाम, ७ असार । धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार आज बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।

स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको  जनाएको छ । अहिले प्रहरी टोली र नं.२ छिन्नमस्ता बाहिनीको टोली शव निकाल्ने प्रयासमा जुटेको छ ।

तपाईको बिचार