जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै: यस्ता छन् एजेण्डा

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै: यस्ता छन् एजेण्डा

223

जनता समाजवादी पार्टी(जसपा) ले  केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

आज साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरेको छ । बैठकमा समसामयीक राजनीतिक अवस्था, असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विधान महाधिवेशनको तयारीबारे छलफल हुने बताईएको छ ।

बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गरिनेछ ।

बैठकमा आज चारदलीय समाजवादी मोर्चामा पार्टी सहभागी भएको विषयमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यहरूलाई ब्रिफिङ गर्नेछन् ।

तपाईको बिचार