लगातार घट्दै नेप्से

लगातार घट्दै नेप्से

157

काठमाडौँ, ६ असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा रोकिएको छ ।

गत आइतबारसम्म लगातार नौ करोबार दिन बढेको बजारमा नाफा बुक गर्ने सक्रिय हुँदा चाप पर्दै गएको छ । यसदिन परिसूचक बढेर २०८२.९७ विन्दुसम्म पुगेको थियो । दिनभरको उतारचढाव देखिँदा बजारमा कारोबारीहरूको सक्रियता देखिन्छ । यसदिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २७१ धितोपत्रको ८५ लाख ५१ हजार १६४ कित्ता तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । मंगलबार भने चार अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटामध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लाइफ इन्स्योरेन्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुने होटल समूहको ४.८४ प्रतिशतले परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक १.६२ प्रतिशतले घटेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर