बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

333

बागलुङ, ६ असार । बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुंगामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताए । जीपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ । रासस

तपाईको बिचार

सम्बन्धित खबर