आजको मौसम

आजको मौसम

145

काठमाडौँ, ६ असार । अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति कोशी , मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले बाढी, पहिरो भू–क्षयको जोखिम रहेको छ ।

तपाईको बिचार