अग्रगमनको पक्षमा नहुनेहरू मोर्चाबाट तर्सिन्छन्: अध्यक्ष नेपाल

अग्रगमनको पक्षमा नहुनेहरू मोर्चाबाट तर्सिन्छन्: अध्यक्ष नेपाल

228

काठमाडौँ, ४ असार । नेकपा एकीकृत समाजवादी  पार्टीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रगतिको पक्षमा नहुने, अग्रगमनको पक्षमा नहुने, परिवर्तनको पक्षमा नहुनेहरू नै यस मोर्चाबाट तर्सिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं । कसैलाई तर्साउन पनि चाहेका हैनौं । नतर्सिनुस्, ढुक्क हुनुस् । तिनै तर्सिन्छन् जो प्रगतिको पक्षमा छैन। तिनै तर्सिन्छन् जो अग्रगमनको पक्षमा छैनन् । तिनै तर्सिन्छन् जो समाजलाई अमूल परिवर्तनको गर्नुपर्छ भने मान्यताको पक्षमा छैन । अरू सबै आनन्दले सुते हुन्छ, निदाए हुन्छ। ढुक्कसँग बसे हुन्छ । किनभने मोर्चा केही नयाँपन पनि छ। तर यो पहिलपटक मोर्चा बनेको छैन।’

तपाईको बिचार