समाजवादी मोर्चाबाट कोही पनि नतर्सिए हुन्छ: अध्यक्ष यादव

समाजवादी मोर्चाबाट कोही पनि नतर्सिए हुन्छ: अध्यक्ष यादव

252

काठमाडौँ, ४ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीको सम्मानित नेता झलनाथ खनाललार्य लक्षित गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उहाँले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताउनुभयो । विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने उल्लेख गर्दै उहाँले विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेकोले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताउनुभयो । तर यस्तो आशंकालाई व्यवहारबाट गलत सावित गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौं । त्यसलाई व्यवहारबाट गलत सावित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचाररिक राजनीतिक आधारमा निर्माण गरिएको मोर्चा हो ।’

तपाईको बिचार