चार दलद्वारा सहमति पत्रमा हस्ताक्षर गरी समाजवादी मोर्चा घोषणा

चार दलद्वारा सहमति पत्रमा हस्ताक्षर गरी समाजवादी मोर्चा घोषणा

187

काठमाडौँ, ४ असार । समाजवादी मोर्चा घोषणा भएको छ ।

आज राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

सहमति पत्रमा सत्तारूढ नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द्रले हस्ताक्षर गरिरहँदा कार्यकर्तले नारा लगाएर समर्थन गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर