मन्त्री महतद्वारा राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन

मन्त्री महतद्वारा राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन

715

विराटनगर, ४ असार । अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् ।

आज बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. महतले ‘सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा  नहेर्न निर्देशन दिए । डा. महतले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’ यस्तै, बजेटले करका दायरा फराकिलो बनाएको र यसमा कर्मचारीले सेवाग्राहीलाई राम्रोसँग बुझाउने समेत अर्थमन्त्रीले बताएका छन् ।

‘तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’ मन्त्री डा. महतले भने, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।’ उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री महतले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने समेत बताए ।

तपाईको बिचार