नेपालले जिम्बाबेलाई दियो दुई सय ९१ रनको लक्ष्य

नेपालले जिम्बाबेलाई दियो दुई सय ९१ रनको लक्ष्य

356

काठमाडौँ, ३ असार । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

भुर्तेलले ९९ रनको योगदान गरे । अर्का ओपनर आसिफ शेखले पनि ६६ रन बनाए । कुशल मल्लले पनि टोलीको खातामा ४१ रन थपे । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । आरिफ शेखले १० र गुल्सन झाले १३ रन जोडे । भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसीले अविजित दुई रन जोडे । नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो । जिम्बाबेका बलर रिचर्ड नागाराभाले चार विकेट लिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे । टेन्डाई चाटाराले एक विकेट लिए ।

तपाईको बिचार