नेपालमा मंकीपक्स भाइरस भेटियो

नेपालमा मंकीपक्स भाइरस भेटियो

535

काठमाडौँ, १ असार । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो ।

उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौँको एक अस्पतालमा परीक्षण भएको थियो । उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

तपाईको बिचार